हाम्रो बारेमा
ललितपुर महानगरपालिका वडा नं. ५, धार्मिक, सांस्कृतिक र ऐतिहासिक समृद्धिको केन्द्र
नेपालको सबैभन्दा पुरानो सहर ललितपुर “मन्दिरै मन्दिरको सहर” का रूपमा चिनिन्छ। बौद्ध धर्म र कलाको केन्द्र मानिने यस नगरलाई City of Fine Arts पनि भनिन्छ। यस महानगरका २९ वडामध्ये वडा नं. ५ धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण एक प्रमुख वडा हो।
यहाँ अवस्थित श्री महालक्ष्मी मन्दिर शक्तिपीठका रूपमा प्रसिद्ध छ। साथै, सानो दक्षिणकाली, लोकेश्वर, जगन्नाथ शिवालय, गणेश मन्दिरहरू, कुमारी देवी मन्दिर जस्ता महत्वपूर्ण स्थलहरूले यो क्षेत्रलाई आध्यात्मिक रूपमा अझ विशिष्ट बनाएका छन्।
यस वडामा महालक्ष्मीस्थान, थसिखेल, रिजाल बस्ती, सुन्दर टोल, कुमारीपाटी, हरित पार्क, दक्षिणकाली लगायतका बस्तीहरू छन्। विभिन्न जात–जाति तथा संस्कृतिका मानिसहरूले व्यापार, कृषि, हस्तकला र अन्य पेशा अपनाएर बसोबास गरेका छन्।
वडाको कार्यालय लगनखेलमा अवस्थित छ, जहाँबाट जनहितका सेवा सुविधा उपलब्ध गराइन्छ। उत्तरमा वडा १९, दक्षिणमा १४, पूर्वमा १५ र पश्चिममा वडा ४ पर्दछन्।